न्यु स्टार पोलको विजयी सुरुआत

काठमाडाैँ । न्यु स्टार पोलले आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलको मैदानमा न्यु स्टार पोलले आयोजक अर्किड ‘बी’ लाई १–० गोलले पराजित ग¥यो। अन्य खेलमा कौस्तुभ एकेडेमीले बेल पुष्प शिक्षालयलाई ४–०, हिलारीले बाल गीताञ्जलीलाई ३–२ र लिम्पियाले निर्मल ज्योतिलाई ३–२ गोलले हराए।

प्रतियोगिताको संघीय सांसद् रामहरि खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा ४० टिमको सहभागिता रहेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन्। शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको