गेट्वे र ग्लोबलको जित

काठमाडाैँ । गेट्वे एकेडेमी र ग्लोबलले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन्।

गेट्वेले विनायकलाई ३–० गोलले पराजित ग¥यो । अनुप तामाङले २ तथा कृजल श्रेष्ठले १ गोल गरे। ग्लोबलले मोनास्टिकलाई ३–१ गोलले हरायो। ग्लोबलका लागि कृष ताम्राकार, सागर श्रेष्ठ र विदान बरालले गोल गरे। मोनास्टिकका सौर्य ओलीले सान्त्वना गोल गरे।

काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा दर्शना, माउन्ट सेब र नेक्ससले सफलता पाए।

दर्शनाले एकलब्यलाई ३–० गोलले पाखा लगायो। आयुशले २ तथा शम्भु बस्नेतले १ गोल गरे। माउन्ट सेबले सञ्जय साईलाई टाइब्रेकरमा ५–४ गोलले पन्छायो। नेक्ससले प्रीतिमामाथि ३–० को जित रच्यो। विराज दुगुले २ तथा सोमन्जन भण्डारीले १ गोल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको