सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रुपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ।

क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे।

नियुक्ति पछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसि भएको बताएका छन्। उनले अब टोलीलाई सफल बनाउन आफूले सम्पूर्ण मेहनत खर्चिने बताए।‘पोखरासँग जोडिन पाउँदा धेरै खुसि छु। लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु,’ श्रेष्ठले भने।

सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ। उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन्। प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्राउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुव विक्रम शाहको पनि सहभागिता रहेको थियो। अनुपलाई प्रशिक्षण श्रेष्ठले क्लबको जर्सि पनि हस्तान्तरण गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको