मार्मोसको ह्याट्रिकमा सिटी विजयी

काठमाडौं । इजिप्टका ओमार मार्मोसको ह्याट्रिकप्रेरिक म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ।

इत्तिहाद मैदानमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ४-० ले पराजित गरेको हो।

सिटीका लागि २६ वर्षीय ओमारले खेलको १९,२४ र ३३औं मिनेटमा गोल गरे।पहिलो हाफमै ३-० को अग्रता लिएपछि पेप ग्वार्डिओलाको ८४औं मिनेटमा जेम्स म्याकअटीले सिटीको लागि चौथो गोल गरे।

जितसँगै २५औं खेलमा १३ जित निकालेपछि सिटी ४४ अंकसहित चौथो स्थानमा छ। यता, पराजित न्युक्यासल ४१ अंकसहित सातौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको