रिलायन्स रेसिडेन्सियल प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।
पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा रिलायन्सले एक्मीलाई १६–४ ले पराजित ग¥यो। रिलायन्सकी श्रृष्टि मगरले ८ स्कोर गरिन्।
जुनियर ब्वाइजमा सनसाइनले हिमालीलाई १२–७ तथा सम्भावीले इस्टपोललाई ४२–४ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सनसाइनका जेनिश तोलङ्गेले ६ तथा सम्भावीका नरेश विकले १९ अंक जोडे। सोही स्पर्धाको अर्को लिगमा इनोभेटिभले काठमाडौं जेभियर पब्लिकलाई ४–३ ले पाखा लगायो।
सिनियर ब्वाइजमा काठमाडौं जेभियरले अनुपमलाई ३५–२३, हेम्सले फ्लोरिडालाई ४९–४१, ग्रिन लन्सले इस्टपोललाई ३२–८ र केयर इङलिसले हाम्रो सनसाइनलाई ४४–४० ले पन्छ्याउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे। काठमाडौं जेभियरका सुवर्ण भुजेलले ११, हेम्सका आशुतोष यादवले २१, ग्रिन लन्सका देव देउलाले १८ र केयरका अपिल श्रेष्ठले २२ अंक बटुले।
