चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट काठमाडौँको दशरथ रंगशालामा सुरु हुँदै छ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म हुँदै छ।

आज हुने दुई वटा खेल मध्ये पहिलो खेलमा म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने यो खेल १ः३० बजेबाट सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिड्नेछ, जुन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको