सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना प्रथम पाँचपोखरी जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।
पेमाथाङ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता फागुन १५ देखि २० गतेसम्म हुनेछ।
प्रतियोगितामा आयोजकसहित जिल्ला भित्र १२ वटा स्थानीय तहको सहभागिता रहनेछ।
जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले एक लाख र उपविजेता ५० हजार पाउने छ।
