न्यु स्टार पोल क्वाटरफाइनलमा

काठमाडाैँ । न्यु स्टार पोल नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भइरहेको प्रतियोगितामा न्यु स्टारले उज्जवल तारालाई १–० गोलले पराजित ग¥यो। प्रनिश बुढाथोकीले निर्णायक गोल गरे।

बेस्ट ग्रुप भिजन, गेटवे एकेडेमी र कौस्तुभ पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे। बेस्ट ग्रुपले गोल्डेन बडलाई १–० गोलले हरायो। एलिश तामाङले गरेको गोलनै निर्णायक बन्यो।

गेटवेले पिस प्वाइन्टलाई २–१ गोले पाखा लगायो। गेटवेका अनुप तामाङ र उत्सव कार्कीले गोल गरे। पिस प्वाइन्टका सन्देश मैनालीले १ गोल फर्काए। कौस्तुभले नेक्ससलाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो।

प्रतियोगितालाई सिफलस्थित आशा बुक्सले आर्थिक सहयोग गर्ने भएको आयोजक अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको