काठमाडाैँ। हिलारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।
हिलारीले लिम्पियालाई २–१ गोलले पराजित ग¥यो। हिलारीका लागि दुवै गोल प्रीतम यादवले गरे। लिम्पियाका सर्जन बुढाले १ गोल फर्काए।
काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजनले न्यु स्टार पोललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा पुग्यो। निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो। ग्रिनविच पनि सेमिफाइलनमा पुग्यो।
