काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि नयाँ मुख्य प्रशिक्षकको रूपमा भुटानका पुष्पलाल शर्मालाई नियुक्त गरेको छ।
एएफसी प्रो लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए।
प्रशिक्षक शर्माको आगमनले टोलीलाई अझ संगठित, प्रतिस्पर्धात्मक, रणनीतिक रूपमा सबल बनाउनुका साथै युवा खेलाडीको प्रतिभा पहिचान, प्रशिक्षण संरचना सुधार,तथा खेलाडीको दीर्घकालीन उन्नतीमा सहयो पुर्याउने अपेक्षा बुटवलको छ।
बुटवलले एनएसएलको तेस्रो संस्करणका लागि मिडफिल्डर एरिक विष्ट, फरवार्ड निराजन धामी र रक्षक सरोज तामाङलाई रिटने गरिसकेको छ। यसैगरी बुटवलले यस पटक विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ।
एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ।
