हिलारी र बेस्ट ग्रुप फाइनलमा

काठमाडाैँ । हिलारी र बेस्ट ग्रुप भिजन नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। दुवै पेनाल्टी सुटआउटमा विजयी भए।

पहिलो सेमिफाइनलमा हिलारीले ग्रिन विचलाई २–० गोलले पराजित ग¥यो। निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो।

काँडाघारीस्थित अर्किडको आयोजनमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा बेस्ट ग्रुपले हाइली क्रिएटिभलाई ४–३ गोलले हरायो। निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेले। फाइनल शनिबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको