केभिन रोहन स्मृति कराते सुरु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका –१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आजदेखि सुरु भएको छ।

च्याम्पियनशिप प्रतियोगितालाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गर्नु भएको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तथा मेयर मोहन बस्नेतले खेल जगतको बिकासले राष्ट्रको पहिचान बढ्ने, सब्य समाज निर्माण हुने र अनुशासित लागि अत्यन्त महत्वपुर्ण भुमिका रहने बताए।

त्यसैगरि विशेष अतिथीमा दक्षिणकाली नगरपालिका उपमेयर बसन्ती डंगोल, संरक्षक कृष्ण गुरुङ, नेपाल सिनक्योकिसन काई कराते संघका ब्रान्च चिफ चन्द्र गोले, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थियो। प्रतियोगिता १० गते सम्म सन्चालन हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको