एनएसएलको मिनि अक्सन : १ लाख ५० हजारदेखि ४ लाखसम्ममा बिक्दैछन् खेलाडी

काठमाडौं । तेस्राे संस्करणको नेपाल सुपर लिग (एनएसएल) को मिनि अक्सन आज शनिबार हुँदैछ।

शनिबार हुने मिनि अक्सनमा क्याटोगरी ‘ए’ र ‘बी’ का खेलाडीमाथि बोलि लाग्दैछ। जसमा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार ‘ए’ क्याटोगरीबाट १५ र ‘बी’ बाट ४५ गरि कुल ६० जना खेलाडी समावेश गरिएको छ।

एनएसएलको इतिहासमा मिनी अक्सन हुन लागेको यो पहिलो पटक हाे। अक्सनमा ७ फ्रान्चाइज टोलीले ‘ए’ क्याटेगरीबाट १ खेलाडी र ‘बी’ क्याटोगरीबाट २ खेलाडी रिटेन गर्न पाउनेछन्। ‘ए’ र ‘बी’ क्याटोगरीबाट बाँकी रहेका खेलाडीलाई मिनी अक्सनमा समावेश गरिने छ।

‘ए’ क्याटोगरीका खेलाडीको न्युनतम मुल्य २ लाख र उच्चतम मुल्य ४ लाख रुपैयाँ तोकिएको छ। ‘बी’ क्याटोगरीका खेलाडीको न्युनतम मुल्य १ लाख ५० हजार र उच्चतम मुल्य २ लाख रुपैयाँ तोकिएको छ। प्रत्येक टिमले अक्सन र रिटेनमा गरि २२ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने प्रावधान रहेको छ।

तेस्राे संस्करणमा साविक विजेता ललितपुर सिटी एफसीसहित बुटवल लुम्बिनी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि ७ टोली सहभागि हुँदैछन्। गत संस्करणमा खेलेका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसी यस पटक सहभागि हुने छैनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको