मछिन्द्र बागमती गोल्डकपको फाइनलमा, उपाधिका लागि चर्च ब्वाइजसँग खेल्ने

बागमती । मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बागमती–४ स्थित सहिद स्मृति रंगशालामा शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै सावित विजेतास मछिन्द्र फाइनलमा प्रवेश गरेको हो।

मछिन्द्रको जीतमा शिशिर लेकिले खेलको ४२औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३औं मिनेटमा गोल गरे। थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७औं मिनेटमा सुरुवाती अग्रता बनाएपनी खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन्। खेलको प्लेयर अफ द म्याच मछिन्द्रका देवेन्द्र तामाङ घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

विजेता टोलिले उपाधीका लागि सोमबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ। अब मछिन्द्रले उपाधीका लागि सोमबार चर्च ब्वाइजसँग खेल्नेछ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरिसकेको छ।

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको