अक्सफोर्डलाई गुरुकुल फुटसल उपाधि

काठमाडाैँ । गुरुकुल एजुकेसनद्वारा आयोजित हब इन्टरनेसनल गुरुकुल फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्डले जितेको छ।

बुटवलमा भएको प्रतियोगिताको दोश्रो संस्करणको फाइलनमा अक्सफोर्डले नवीन औद्योगिक कदरबहदुर रिता मा.वि. लाई ३–१ गोलले पराजित ग¥यो। विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे। सेन्ट जोसेफले अनुशासित टिमको ट्रफी हात पा¥यो।

एकदिने प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष एवं तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनले उद्घाटन गर्नुका साथै विजेतालाई पुरस्कृत पनि गरे। प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको