खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक


काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ।

उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आइतबार दिउँसो २ बजे निधन भएको हो।

पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो। उनको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको आइतबार नै पशुपतिको आर्यघाट अन्त्येष्टी गरिएको छ।

मन्चले यो दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको