तेस्रो राष्ट्रिय डोरी तान फागुन १६ र १७ गते


काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता फागुन १६ र १७ गते सानोथिमी भक्तपुरमा हुने।

आयोजक नेपाल डोरी तान संघका अनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेछ।

प्रतियोगितामा विभिन्न नगर, जिल्ला र प्रदेश हुँदै छानिएर आएका ७ प्रदेशका ७ टिम पुरुष र ५ टिम महिला तथा विभागिय पुरुष टिम र ३ विभागिय महिला टिम गरि कुल १८ टिमका १६२ जना खेलाडिले प्रतिस्पर्धा गर्ने छन्।

खेल, पुरुषतर्फ ६४० के जी तौल, समुह र महिला तर्फ १८० के जी तौल समुहमा खेल खेलाईने छ।

नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरीतान खेलको विकास, विस्तार र प्रवर्धन गर्नु यस प्रतियोगिताको उदेश्य रहेको छ। यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत पुग्ने विश्वास संघले लिएको छ। यो खेतको विशेषता हरेक खेल अगाडि बढेर खेलिन्छ तर डोरीतान खेल निरन्तर पछाडि गरेर खेलिन्छ।

खेल्न सजिलो, जुनसुकै भूगोलमा खेल्न सकिने यस खेलको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक एर्व सामाजिक सद्भावको विकास हुन्छ। स्वच्छ मनोरञ्जन, स्वस्थ प्रतिश्पर्धा यो खेलका विशेषता हुन्।

प्रतियोगिताको उद्घाटनमा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रतियोगितामा विजेता टिमले पुरुष तर्फ रु १ लाख नगद, मेडल, शिल्ड तथा प्रमाणपत्र, उपविजेता टिमले रु ५० हजार नगद, मेडल, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने महिला तर्फ विजेता टिमले रु ६० हजार नगद, मेडल, शिल्ड, प्रमाणपत्र तथा उपविजेता टिमले रु ४० हजार नगद, मेडल, शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन्। यस प्रतियोगिताको समापन फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको