काष्ठमण्डप कराते सुरु

नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ।

प्रतियोगिताको कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे। पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

सहभागीलाई यातायात, खाना र बसोवासको व्यवस्था गरिएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जनाएका छन्। प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको