काठमाडौं टिम च्याम्पियन


काठमाडौं बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ।

नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्ण र ३ रजत जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भक्तपुर २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोश्रो भयो। चितवनले २ स्वर्ण, १ रजत र ३ कांस्य जितेपनि गोलाप्रथामा तेश्रो स्थानमा चित्त बुझायो।

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुईदिने प्रतियोगिताको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीले सहभागिता जनाएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको