रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो मानेको गोल प्रेरित अल नासरले साउदी प्रो लिगमा अल वेहदा एफसीमाथि विजयी हासिल गरेको छ।

किंग अब्दुल्लाह अजिज रंगशालामा मंगलबार सम्पन्न खेलमा नासरले २-० को जित निकालेको हो।

पाहुना टोली अल नासरलाई खेलको ४८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।

इन्जुरी समयमा मानेले पेनाल्टीमार्फत गोल गर्दै अल नसारको जित पक्का गरे।

जितसँगै २२ खेलमा ४७ अंक जोडेको अल नासर तेस्रो स्थानमा उक्लिएको छ। पराजित अल वेहदा समान खेलबाट १३ अंकका साथ पुछारमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको