६ प्रदेशका सदस्य सचिवद्धारा बैठक बहिष्कार


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक ६ प्रदेशका सदस्य सचिवहरुले बहिष्कार गरेका छन्।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुदको विषयमा निर्णय गराउन बोर्ड बैठक बोलाएका थिए । सो बैठकलाई ६ प्रदेशका खेलकुद परिषद्का सदस्य सचिवहरुले बहिष्कार गरेका हुन्।

बिहीबारको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद जेठ ३ देखि १० गतेसम्म गर्ने गरि मिति सार्ने निर्णय गरेको छ।

यसअघि मंसिरमा आयोजना गर्ने भनिएको प्रतियोगिता चैतको अन्तिम साता कर्णाली प्रदेशमा आयोजना गर्ने गरि मिति सारिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको