काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’काे ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा कथावस्तुबारे विस्तृत चित्रण गरिएको छ । दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा ट्रेलरमा चित्रण गरिएकाे छ।
पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने दृश्य समेटिएको छ। महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई प्रस्तुत गरिएको छ।
मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन् । सुनिल थापा रातेकाइँला कोचको रोलमा छन्। माओत्से गुरूङ, बुद्धि तामाङ, विजय बरालका कलाकार पनि छन्।
शीर्ष भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन्।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो।


