व्यावसायिक फूटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फूटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिस प्रस्थान गरेकी छिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अखिल नेपाल फूटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका हुन्। 

एन्जिला निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छिन्।

उनकै कप्तानीमा यही फागुन १४ गते सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो। प्रतियोगितामा यी दुई टोलीसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको