आर्मीविरुद्ध खुमलटारको जित

काठमाडौँ । एफसी खुमलटारले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सम्पन्न खेलमा आर्मीमाथि खुमलटार ३–० ले विजयी भएको हो।

खुमलटारको जितमा दिनेश शाहीले दुई गोल गरे। सेयोन राईको नाममा एक गोल रह्यो।

दिनेशले १५औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाएका थिए। ७२औं मिनेटमा सेयोनले अर्को गोल थप्दै सहज जित पक्का गरे।

जितसँगै खुमलटारले १५ खेलबाट सात अंक पुर्‍याएको छ। तर, १०औं स्थानमा यथावत् छ। आर्मी भने अझै जितविहीन छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको