फाइनल प्रवेशको लागि केपी एफसी र मछिन्द्र भिड्दै

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसी र मछिन्द्र एफसीबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे देखि सुरु हुने छ। यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको