काठमाडौँ । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन्।
फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौड अन्तर्गत पुरुषतर्फ लोकेन्द्र राईले निर्धारीत दुरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे। प्रविन ताम्लिङ तीन घन्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर दोस्रो र राम चन्द्र महतारा चार घन्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो भए।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन। एनी माइ बानले पाच घन्टा २२ मिनेट ०८ सकेन्ड समय लगाएर दोस्रो भईन। अनिशा गुरुङले पाँच घन्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन। सो स्टेज रेस च्यालेन्सको पाचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धाविकधाविकाको सहभागिता रहेको थियो।
नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावक धाविकाहरुलाई पुरस्कार प्रदान गरे। मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गतेसम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।
