काठमाडौं। आयोजक भक्तपुर निस्ट स्कुलले तेश्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा शनिबार शान्दार जित हात पारेको छ।
निस्टले नव सुन्ताखानलाई ९–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो।
अन्य प्रतिस्पर्धामा नेक्सस इन्टरनेसनल एकेडेमीले जनप्रेमी वल्र्ड स्कुललाई २–० तथा गोल्डेन सुन्गाभाले श्री सञ्जय साइ विद्या मन्दिरलाई २–१ गोलले हराए।
बास्केटबलको सिनियर ब्वाइजमा जनप्रेमीले जोन डेवीलाई १६–६ तथा टीआईएले एभरेष्टलाई ३७–१८ ले पाखा लगाए।
सिनियर गल्र्समा निस्टले तपोभूमिलाई ३५–२० ले पन्छायो। जुनियर गल्र्समा सञ्जय साइले हिमालयलाई १०–३ तथा एभरेष्टले मोर्डन स्कुललाई ७–५ ले पराजित गरे।
