काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा बिहीबार सातदोबाटो युथ क्लबविरुद्ध २-० को सहज जित दर्ता गरेको छ।
जितसँगै १९ खेलमा ४७ अंक जोडको चर्च ब्वाइज शीर्षस्थानमा छ। पराजित सातदोबाटो समान खेलबाट १७ अंका साथ आठौं स्थानमा छ।
सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन सिक्लेश भण्डारी र सुशन थापामगरले गोल गरे।
खेलको१४औं मिनेटमा सिक्लेशको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो। ७४औं मिनेटमा सुशनले पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई सहज जित दिलाए।
