इन्टर मियामीको सहज जित

काठमाडौं । इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम-१६ को पहिलो लेगमा क्याभेलियर एफसीविरुद्ध २-० को सहज जित दर्ता गरको छ।

शुक्रबार चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन टाडियो एलेन्डे र लुइस स्वारेजले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भ्व भएको थियो।

खेलको ६१औं मिनेटमा एलेन्डेको गोलमार्फत मियामीले अग्रता लिएको थियो। निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा स्वारेजले गोल गर्दै मियामीको जित पक्का गर्यो।

मियामी आफ्नो नियमित कप्तान लियोनल मेस्सी विनै मैदान उत्रिएको थियो। अब दोस्रो लेग क्याभेलियरको घरेलु मैदान नेसनल रंगशालामा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको