बुटवल लुम्बिनी फुटबल क्लबले नाइजीरियन डिफेन्सिभ मिडफिल्डर इजेकीएल ओजिदीझा तमारा लाई आगामी सिजनका लागि अनुबन्ध गरेको छ। २४ वर्षीय तमारा पछिल्लो समय इराकको अल-नाफ्ट एससी क्लबमा खेलिरहेका थिए।
तमारा बल नियन्त्रण र रणनीतिक खेल क्षमताका कारण चर्चित छन्। उनी निजेरियाका लोबी स्टार्स, कानो पिलर्स, क्वारा युनाइटेड, शूटिङ स्टार्स, बेन्डेल इन्स्योरेन्स, र अल-नाफ्ट एससी जस्ता प्रतिष्ठित क्लबहरूमा खेलिसकेका छन्।
बुटवल लुम्बिनी एफसीका मुख्य प्रशिक्षक पुष्प लाल शर्मा ले तमाराको आगमन क्लबका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, “उनको अनुभव र खेललाई सम्हाल्ने क्षमताले हाम्रो मिडफिल्डलाई थप बलियो बनाउनेछ।”
त्यस्तै, क्लबका प्रबन्धक नविन चित्रकार का अनुसार, “हाम्रो लक्ष्य क्लबलाई शीर्ष स्थानमा पुर्याउनु हो। तमाराको आगमनले टोलीलाई थप बलियो बनाउनेछ।”
बुटवल लुम्बिनी एफसीका समर्थकहरूले तमारालाई स्वागत गर्दै आगामी सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेका छन्। क्लबले नपाली क्लबलाई प्रतिस्पर्धात्मक उपस्थिति जनाउने तयारी गरिरहेको छ।
