नेपाल नामिबियासँग पराजित

काठमाडाैँ । वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएकाे छ।

नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको स्थितीमा वर्षाका कारण खेल रोकिएको थियो।

बर्षको कारण खेल पुन सुरु हुन नसकेपछि डिएल मेथडबाट नेपाल ६ विकेटले पराजित भएको हो।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा ९२ रनमा समेटिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको