काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग सुरू भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७८ पछि पहिलो पटक गरेको लिगको पहिलो खेलमा आइतबार च्यासल युथ क्लब र वीगरञ्ज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
लिग सिंगल राउन्ड रोविनका आधारमा हुनेछ भने कुल ९१ वटा खेलहरु संचालन हुनेछन्।
प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ।
