पुलिसले लुम्बिनीलाई दियाे २५० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्ग भैरहवास्थित एक्स्ट्राटेक ओभल मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल भइरहेको छ।

पहिलाे इनिङकाे खेल सिकँदा पुलिसले लुम्बिनीलाई २५० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४९ रन बनायो । कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए भने आरिफ शेखले ५६ रन बनाए।

लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ३८ रन दिएर ३ विकेट लिए। कृष्ण कार्कीले ६ ओभरमा ४० रन दिएर ३ विकेट लिए।

यसअघि लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो। पुलिस पहिलो खेल खेल्दैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको