काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेलमा आर्मीले बागमतीलाई २६३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनायो। आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए। कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे। तृत राज दासले ३६ रन बनाए।
बागमतीका लागि इशान पाण्डेले ३.४ ओभरमा ११ रन दिएर २ विकेट लिए। रिजन ढकाल र प्रतिश जिसीले पनि समान २ विकेट लिँदा सोनु देवकोटाले १ विकेट लिए।
आइतबारबाट सुरु भएकाे यस प्रतियाेगितामा आर्मीकाे याे पहिलाे खेल हाे भने बागमती पहिलाे खेलमा एपीएफसँग पराजित भएकाे छ।