कास्य विजेता कबड्डी टोली आज स्वदेश आइपुग्ने

काठमाडौं । इरानमा सम्पन्न छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक विजेता नेपाली टोली सोमवार स्वदेश आइपुग्ने भएको छ।

टोली दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

इरानको राजधानी तेहरानमा भएको एसियन च्याम्पियन्सिपमा भारतले उपाधि जितेको थियो। इरान दोस्रो भएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको