आर्मी क्लबकाे विजयी सुरुवात

काठमाडौं । पिएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो।

भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती २७ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २८ रनमा नै समेटियो।

पाँचौं क्रमका ब्याटर विवेक मगरले सर्वाधिक ५१ रन जोडे। यसबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रहयो। इशान पाण्डेले १९ र आशुतोष घिरोहियाले १० रन बनाए। यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। कप्तान पृथु बास्कोटा ९ रनमा आउट भए।

बलिङमा सहाब अलामको प्रदर्शन उत्कृष्ट रहयो। ८ ओभर बलिङ गर्दै १ मेडन सहित ३३ रन खर्चेर ४ विकेट लिए। यस्तै आकाश चन्दले ३ विकेट झारे।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२रन बनायो। ओपनर त्रीतराज दास र सन्तोष कार्कीले पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरे।

बलिङमा सहाब अलामको प्रदर्शन उत्कृष्ट रहयो। ८ ओभर बलिङ गर्दै १ मेडन सहित ३३ रन खर्चेर ४ विकेट लिए। यस्तै आकाश चन्दले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२रन बनायो। ओपनर त्रीतराज दास र सन्तोष कार्कीले पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरे।

त्रीतराज ३६ रनमा आउट भए। सन्तोषले अर्धशतक प्रहार गरे। उनले ९८ बलको सामना गर्दै १० चौका र १ छक्का सहित सर्वाधिक ७६ रनको पारी खेले। कप्तान विनोद भण्डारी अविजित ४७ रनमा रहे। यसैगरी विवेक यादवले ३० र कुशल मल्ले २६ रन बनाए।

वालिङमा रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए। सोनु देवकोटाले १ विकेट आफ्नो नाममा लेखाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको