टुसाल र मध्यपुरले खेले बराबरी

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र श्री टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा टुसाल र मध्यपुरले १–१ को बराबरी खेलेका हुन्।

खेलको ४१औँ मिनेटमा सन्तोष गोंबाले गोल गर्दै मध्यपुरलाई अग्रतामा राखेका थिए। तर ६६औँ मिनेटमा विनोद नेम्वाङले गोल गर्दै टुसाललाई खेलमा फर्काए।

यसपछि दुवै टिमबाट गोल नहुँदा खेल बराबरीमा टुंगिएको हो।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागिता छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको