काठमाडौँ । इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा मिलानले डच क्लब फेयनूर्डलाई २–१ ले पराजित गरे हो। मिलानले पहिलो लिगमा २–० को जित हासिल गरेकाे थियाे भने समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।
मिलानको जितमा मार्कस थुराम र हकन कल्हानोग्लुले एक एक गोल गरे। त्यस्तै फेयनूर्डका लागि एक गोल जाकुब मोडेरले गरेका थिए।
क्वाटरफाइनलमा इन्टर मिलानले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ।
