काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित टी२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
बुधवारको खेलमा टस जितेर नेपालले सुरुमा फील्डिङ रोजेको थियो।
पहिलो इनिङ्समा नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनायो।
जबाफी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो।
नेपालले हालसम्म जम्मा एउटा खेल मात्र जितेको छ भने बाँकी तीन खेल हारेको छ।
नेपालले लीग चरणमा अब २ खेल खेल्न बाँकी छ।