आर्सनल र एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । प्रिमियर लिग क्लब द्धय आर्सनल र एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बुधबार राति सम्पन्न खेलमा बेल्जियम क्लब, क्लब ब्रुगेलाई ३–० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६–१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने भएको छ।

यस्तै, अर्को खेलमा खेलमा डच क्लब पीएसभीसँग २–२ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ९–३ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

आर्सनलले क्वाटरफाइनलमा रियल मड्रिडको सामना गर्ने भएको छ। क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको