काठमाडौँ । युराेपकाे सबै भन्दा ठूलाे क्लब फुटबल प्रतियाेगिता युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पूरा भएको छ।
बुधबार राति अन्तिम १६ क दोस्रो लिगका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने क्लबको टुंगो लागेको हो।
अन्तिम ८ मा रियल म्याड्रिड, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, आर्सनल, एस्टन भिल्ला, बोरिसिया डोर्टमण्ड र इन्टर मिलान रहेका छन्।
प्रिमियर लिगकाे शीर्ष स्थानमा रहेकाे लिभरपुल र ला लिगाको एटलेटिको मड्रिड जस्ता ठूला क्लबको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ।
अब क्वाटरफाइनलमा रियलले आर्सनल, पिएसजीले एस्टन भिल्ला प्रतिद्वन्दी पाएका छन्। त्यस्तै बार्सिलोनाले जर्मन क्लब बोरिया डोर्टमण्डसँग खेल्ने छ भने बायर्न म्युनिखले इन्टर मिलानसँग भिड्ने छ।
क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन्।

