काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल खोलूउदलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक ग्ल गरे। त्यस्तै अल खोलूदका कागी अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए।
यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै अल खोलूदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ।
