आरोही च्याम्पियन

काठमाडौं। प्रथम वान भिएस वान च्याम्पियनसिप नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ ३० केजीदेखि ८५ केजी तौलसमूह तथा महिलातर्फ ३० देखि ६० केजीसम्मको प्रतिस्पर्धा सम्पन्न भएको छ।

जसमा ३२ केजी तौलसमूह सोनोडामा आरोही श्रेष्ठ प्रथम भइन्।  ३५ केजी आइकेओमा मनिषा वाइबा प्रथम हुँदा ३७ केजी सिनक्योमा प्रीति बिक, बुदोकैदोमा कृतिना बराम प्रथम भइन्।

३९ केजी बुदोकैदोमा स्वस्तिक तामाङ, ४० केजी आइकेओमा सरिता केसी, ४१ सोनोडामा नस्मिा तामाङ र यशोदा चन्द प्रथम भइन्।

नेपाल खेलकुद महासंघ उपत्यका राष्ट्रिय फुलकन्ट्याक्ट संघको आयोजनमा भयो प्रतियोगिताको उद्घाटन एमालेका केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासंघ इन्चार्ज जेएन थपलियाले गरेका थिए। सभाध्यक्ष नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सूर्य बुढाथोकीले गरेका थिए भने कार्यक्रम सत्रका सभाध्यक्ष वीर कृष्ण महर्जनले गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको