बूढानीलकण्ठ डोजो टिम च्याम्पियन

काठमाडौं । बूढानीलकण्ठ डोजोले प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। बूढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य जितेको प्रतियोगिता संयोजक प्रेम लामाले जनाएका छन्।

बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा नेपाल सितोरियो कराते शाखा डोजो गल्फुटारको समन्वयमा भएको प्रतियोगितामा गोल्फुटार ५ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको श्रीयन्त्रले ३ स्वर्ण, ४ रजत र ३ कांस्य हात पा¥यो। १ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ स्टार स्कुल चौथो स्थानमा रह्यो।

बूढानीलकण्ठमा भएको प्रतियोगिताको पुरुषमा बूढानीलकण्ठका लक्ष्मण बराल तथा महिलामा गोल्फुटारकी सुष्मा राई उत्कृष्ट खेलाडी घोषित भए। पुरुषमा श्रीयन्त्रका गोइदुप तामाङ र महिलामा क्यामेलियाकी विशिका मगर उदीयमान खेलाडी चुनिए। मूलपानी डोजोले अनुशासित टिमको ट्रफी हात पार्दा प्रोग्रेसिभ स्कुल मार्च पास्टमा उत्कृष्ट ठहरियो।

विजेतालाई बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे । सो अवसरमा एकेएफ निर्णायकत्रय सिर्जना अधिकारी, हीरादेवी राई, शान्ति तामाङलगायत बूढानीलकण्ठका सिनियर खेलाडीलाई सम्मान पनि गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको