काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा रियलले भिल्लामाथि २-१ को जित हासिल गरेको हो।
१-० ले पछि परेको रियलले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो।
रियलका लागि किलीयन एम्बाप्पेले दुवै गोल गर्दा भिल्लाका लागि जुआन फोयिथले गरे।
जितसँगै रियलको २८ खेलमा ६० अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै दुई खेल कम खेलेको बार्सिलोनाको २६ खेलमा ५७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।
त्यस्तै भिल्ला रियलको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
