सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं। सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेकाे छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मैदानमा बिहीबार सम्पन्न खेलमा सरस्वतीले नयाँ बस्ती युथ क्लबलाई १–० ले पराजित गरेको हो।

सरस्वतीलाई जित दिलाउन धिरेन्द्रले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ४४औं मिनेटमा गरेका हुन्। सविन लुंगेली मगरले दिएको बललाई धिरेन्द्रले सहजै गोल गरे।

जितसँगै सरस्वतीले दुई खेलबाट ६ अंक पुर्‍याएको छ। नयाँ बस्तीको समान खेलबाट एक अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको