काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका खेलाडीद्वय इमोह इजेकिएल र पापा इबोउ केबे नेपाल आईपुगेका छन्।
बुधबार नेपाल आएका इमोह र पापाले गत संस्करणको एनएसएल ललितपुरबाट खेलेका थिए।
गत संस्करण ललितपुरलाई उपाधि जिताउन यी दुईले महत्वपुर्ण भुमिका खेलेका थिए।
इमोह गत संस्करणको गोल्डेन बुट विजेता समेत हुन्। उनले सर्वाधिक ६ गोल गरेका थिए। फाइनलमा उनले धनगढी एफसी विरुद्ध दुई गोल गर्दै ललितपुरलाई उपाधी जिताउन सफल भएका थिए।
यस संस्करण चैत १६ बाट सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्नेछन्।
