काठमाडौं। प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्दै प्लानिङ अपराजित रहँदै शीर्ष स्थानमा पुगेकाे हाे।
प्लानिङलाई जित दिलाउन विशाल दर्जी र फागुराम थारुले गोल गरे। योसँगै प्लानिङ पुन: शीर्ष स्थानमा फर्किएको छ।
३०औं मिनेटमा विशालले प्लानिङलाई सुरुआती अग्रता दिलाएका थिए। ७७औं मिनेटमा फागुरामले अर्को गोल थप्दै प्लानिङको तेस्रो जित पक्का गरे।
प्लानिङको तीन खेलबाट नौ अंक पुर्याएको छ। समान खेलबाट मध्यपुरको चार अंक छ।