शीर्ष स्थानमा बार्सिलोनालाई अग्रता

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानमा स्पस्ट तीन अंकको अग्रता कायम गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा फेरान टोरेज, डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले समान एक गोल गरे।

जितसँगै बार्सिलोनाले २८ खेलबाट ६३ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै रियल मड्रिडको २८ खेलमा ६० अंक रहेको छ र बार्सिलोना भन्दा ३ अंकले पछाडी छ।

पराजित ओसासुनाको २८ खेलमा ३३ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको