सञ्जीवको गोलमा ब्वाइज युनियन हारबाट जोगियो

काठमाडौं। सञ्जीव लामाको गोलसँगै ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा ब्वाइज युनियनले झापा फुटबल क्लबलाई १–१ को बराबरीमा रोकेको हो।

यता, झापाका निकेश श्रेष्ठले गोल गरे। सञ्जीवले गोल गर्दै ब्वाइज युनियनलाई अंक दिलाए।

निकेशले झापालाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा सञ्जीवले गोल गर्दै ब्वाइज युनियनलाई हारबाट जोगाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको